• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    शिवशिखर सहकारीका सञ्चालक शर्मामाथि ३२ अर्ब ९० करोड विगो मागदाबी

    553
    SHARES



    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्माविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन तयार गरेको छ ।

    सम्पत्ति शुद्धीकरणको अभियोग लगाउनुपर्ने रायसहित विभागले जिल्ला सरकारी वकिलको कार्यालय, भक्तपुरमा अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । सरकारी वकिलको कार्यालयले जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर गर्नेछ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको शर्माविरुद्ध ३२ अर्ब ९० करोड विगो मागदाबीसहित अनुसन्धान प्रतिवेदन तयार गरेको हो । सम्पत्ति शुद्धीकरणको अभियोगमा यो हालसम्मकै ठूलो विगोसहितको मुद्दा हो ।

    विभागले शर्मासहित उनकी पत्नी गीता शर्मालाई पनि मुद्दा चलाएको छ । त्यसैगरी सबिना न्यौपाने, मन्दिप खवास, तेजबहादुर तामाङ, पुष्कर मल्ल, सुशिल बानिया र प्रदिप भट्टराईलगायत विरुद्ध पनि आरोप छ । उनले शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था, भक्तपुर, तल्सी बहुमुखी सहकारी, मोरङमा सर्वसाधारणले राखेको बचत अपचलन गरेको आरोप थियो ।

    त्यो रकम शिखर अर्गनाइजेसन, गार्डेन मार्ट, शिवशिखर एग्रोलगायत १० कम्पनीको नाममा खडा गरेका थिए । ती कम्पनीको नाममा ५ अर्ब १३ करोड रुपैंया कृत्रिम ऋणमार्फत अपचलन गरेको विभागको आरोप छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ