• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आइतबारको आन्दोलनका लागि ठाउँठाउँमा खटिए कांग्रेसका प्रतिनिधि

    2K
    SHARES



    काठमाडौं। कांग्रेसले आइतबारको आन्दोलनका लागि उपत्यकाका १५ वटै क्षेत्रमा आफ्ना प्रतिनिधि खर्ताएको छ । सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आइतबारका लागि घोषणा गरेको प्रदर्शनका लागि १५ जना प्रतिनिधि खटाएको छ ।

    संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरिरहेको कांग्रेसले आइतबार भृकुटीमण्डपमा हुने प्रदर्शन सफल पार्न काठमाडौं, ललितपुर र भक्तपुरका १५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिहरु खटाएको छ ।

    कांग्रेसले काठमाडौं- १ मा केन्द्रीय सदस्य अब्दुल सतार, २ मा सीता थपलिया (उर्मिला), ३ मा रंगमति शाही, ४ मा कुन्दन काफ्ले, ५ मा नैनसिंह महर र ६ मा गुरु बराललाई खटाएको छ ।

    यस्तै काठमाडौं ७ मा आङगेलु शेर्पा, ८ मा उमेशजंग रायमाझी, ९ मा डा. डिला संग्रौला र १० मा सरिता प्रसाईंलाई प्रतिनिधि खटाइएको कांग्रेसले जनाएको छ ।

    ललितपुर १ मा सह-महामन्त्री उमाकान्त चौधरी, २ मा देवेन्द्रराज कँडेल र ३ मा अर्जुन जोशी खटिएका छन् । उता भक्तपुर १ मा इन्द्र बानियाँ र २ मा गणेश लामा खटिएका छन् ।

    काठमाडौं जिल्ला कार्यसमितिको आयोजनामा आइतबार दिउँसो २ बजेका लागि घोषित सरकारविरुद्धको प्रदर्शनमा जनसहभागिता बढाउन केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रमा खटाइएको कांग्रेसले जनाएको छ ।

    पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले सरकाविरुद्ध सडक आन्दोलनमा जाने निर्णय गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ