• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

शाहरुख खान अस्पताल भर्ना

4.2K
SHARES



काठमाडौँ। बलिउडका बादशाह शाहरुख खान अस्पताल पुगेका छन् । इन्डिया टुडेका अनुसार हिटस्ट्रोक र डिहाइड्रेशनका कारण शाहरुख खानलाई अहमदाबादको केडी अस्पतालमा भर्ना गरिएको थियो ।

शाहरुखको अभिन्न मित्र अभिनेत्री जुही चावला र उनका पति जे मेहता पनि उनलाई भेट्न अस्पताल पुगेको बताइएको छ । अस्पतालले शाहरुखलाई डिस्चार्ज गरिसकेको छ ।

शाहरुख खानको स्वास्थ्य सामान्य अवस्थामा फर्किरहेको र आइतबार हुन लागेको आईपीएलको फाइनल खेलमा आफ्नो टिम कोलकता नाइट राइडर्सलाई सपोर्ट गर्न उनी जाने जुहीले बताएकी छिन् ।

मंगलबार राति बिसञ्चो महसुस हुँदा हुँदै पनि अभिनेता आफ्नो टिमलाई सर्पोर्ट गर्न गएका थिए । उनलाई बिस्तारै सन्चो भइरहेको र फाइनलको खेलको आफ्नो टिमलाई चियर गर्न जाने जुहीको भनाइ छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ