काठमाडौं । नेकपा एसकी सचिव रामकुमारी झाँक्रीले सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन समिति बन्न अनिवार्य भएको बताएकी छन् । गृहमन्त्रीमाथि बहाल रहेको बेला प्रहरीले छानबिन गर्न नसक्ने भएकाले यो प्रकरणमा उठेका सयौं प्रश्नहरुको निवारणका लागि पनि समिति बन्नु आवश्यक रहेको पूर्वमन्त्रीसमेत रहेकी को भनाई छ ।
काठमाडौँको एक कार्यक्रममा पत्रकारसंग कुरागर्दै सचिव झाँक्रीले विगतमा पनि विभिन्न काण्डहरुमा प्रश्न उठेपछि सम्बन्धित व्यक्तिमाथि छानबिनका लागि समिति गठन भएर निरुपण हुने गरेको भएकाले यो प्रकरणमा सरकारले समिति बनाउन पन्छिनु गलत भएको बताएकी हुन् ।
प्रतिक्रिया