• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

एपीएफले सुदूरपश्चिमलाई दियो १ सय ५६ रनको लक्ष्य

3.3K
SHARES



काठमाडौं । ललितपुर मेयर्स वुमन्स टी-२० च्याम्पियनसिपको फाइनलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई १५६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४ विकेट गुमाएर १५५ रन बनाएको हो ।

एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।

ममता चौधरी १० र सरिता मगर एक रनमा अविजित भए भने इन्दु बर्मा ९ र रोमा थापा ६ रन जोडेर आउट भए । सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।

एपीएफ अपराजित हुँदै फाइनल आएको हो भने सुदूरपश्चि एपीएफसँग पराजित भएको थियो । एपीएफले यसअघि लगातार दुई संस्करणको उपाधि जितिसकेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ