• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी बने उत्कृष्ट युवा खेलाडी

    298
    SHARES



    काठमाडौं । फिफा विश्वकप २०२६ सम्पन्न भएसँगै प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूलाई विभिन्न व्यक्तिगत अवार्ड प्रदान गरिएको छ। विश्व च्याम्पियन स्पेनका कप्तान रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बलका विजेता बने ।

    स्पेनलाई दोस्रो पटक विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका रोड्रीले प्रतियोगिताभर मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको खेल सञ्चालन गरेका थिए। उनले अर्जेन्टिनाका लियोनल मेस्सी र फ्रान्सका किलियन एमबाप्पेलाई पछि पार्दै गोल्डेन बल जितेका हुन्। मेस्सीले सिल्भर बल र एमबाप्पेले ब्रोन्ज बल प्राप्त गरे।

    सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका कप्तान किलियन एमबाप्पेले गोल्डेन बुट अवार्ड जिते। प्रतियोगिताभर १० गोल गरेका उनले लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडीको कीर्तिमान पनि बनाए।

    स्पेनका गोलकिपर उनाई सिमोनले उत्कृष्ट गोलरक्षकका रूपमा गोल्डेन ग्लोभ्स (पन्जा) अवार्ड हात पारे। उनले प्रतियोगिताका आठ खेलमध्ये सात खेलमा क्लिनसिट राख्दै केवल एक गोल मात्र बेहोरे। यसक्रममा उनले विश्वकपमा लगातार ६०० मिनेटभन्दा बढी समय गोल नखाने कीर्तिमानसमेत कायम गरे।

    यस्तै, स्पेनका १९ वर्षीय डिफेन्डर पाउ कुबार्सी प्रतियोगिताको उत्कृष्ट युवा खेलाडी घोषित भए। प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गरेका कुबार्सीले स्पेनको उपाधि यात्रामा महत्वपूर्ण योगदान दिएका थिए।

    सोमबार बिहान सम्पन्न विश्वकप फाइनलको अतिरिक्त समयमा फेरान टोरेसको निर्णायक गोलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि जितेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ