• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    हैदराबादमा जानकी तामाङले जितिन् तीन स्वर्ण पदक

    114
    SHARES



    काठमाडौँ । भारतको हैदराबादमा सम्पन्न प्रथम वर्ल्ड ओपन तेक्वान्दो च्याम्पियनसिप–२०२६ मा नेपालकी जानकी तामाङले तीन स्वर्ण पदक जितेकी छन्।

    चन्द्रागिरि नगरपालिका–१५ स्थित डायनामिक तेक्वान्दो डोजाङकी तामाङले विश्व तेक्वान्दोको पुम्से विधाअन्तर्गत एकल, जोडी र समूह स्पर्धामा स्वर्ण जितेकी डोजाङले जनाएको छ।

    अगस्ट २१ देखि २३ सम्म हैदराबादको गाचीबोवलीस्थित जीएमसी बालायोगी इन्डोर स्टेडियममा प्रतियोगिता भएको थियो। अमिकल स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २४ देशका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ।

    प्रतियोगितामा क्योरुगी, पुम्से, पेयर पुम्से, टिम पुम्से र फ्रिस्टाइललगायत विधामा प्रतिस्पर्धा भएको थियो। तामाङले एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा तीन स्वर्ण जितेकी हुन्।

    उनको सफलताले चन्द्रागिरिमा तेक्वान्दो खेलको विकास तथा खेलाडी उत्पादनमा भइरहेका प्रयासलाई थप उत्साह दिएको डोजाङले जनाएको छ।

    डोजाङका अनुसार तामाङको उपलब्धि निरन्तर प्रशिक्षण, अनुशासन र मेहनतको परिणाम हो। प्रशिक्षक, अभिभावक तथा डोजाङ परिवारले उनको सफलताप्रति खुसी व्यक्त गरेका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ