काठमाडौं । इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा नेपाली कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार पक्राउ परेकी छिन ।
केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ पर्नेमा विनिता खड्का रहेको जनाएको छ
पक्राउ परेकी खड्का कांग्रेसको जारी १५औं महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेद्वार छन् । मतदान भइसकेको छ । उनको नतिजा आउन बाँकी छ ।
यही प्रकरणमा सीआईबीले यसअघि ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठका साथै कांग्रेस नेता भरतप्रसाद चौलागाईं र दोलखाकी बालिका शिवाकोटी पक्राउ गरेको थियो।
प्रतिक्रिया