• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    देउवा-प्रचण्डको भेट शनिबारका लागि सर्‍यो

    1.1K
    SHARES



    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीचको भेट सरेको छ । सभापति देउवाको सचिवालयका अनुसार शुक्रबार हुने भनिएको भेट शनिबारका लागि सरेको छ । शनिबार भेट्ने भनिएता पनि समय भने यकिन भएको छैन ।

    शुक्रबार प्रचण्ड र देउवाबीच टेलिफोनमा संवाद भएको थियो । त्यही संवादको आधारमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो। दिउँसो २ बजेका लागि सारिएको बैठक पनि सूचना टाँसेर आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।

    राप्रपासहितका विपक्षी दलहरुले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको माग गर्दै आएका छन् । सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप कांग्रेसको छ । तर, सत्तारुढ दलहरु गृहमन्त्रीमाथि संसदीय छानबिन समिति गठन गर्न तयार भएका छैनन् ।

    सहकारीको समग्र समस्याको समाधान गर्ने उपाय सुझाउने गरी समिति गठन गर्ने सत्तारुढ दलहरुको प्रस्ताव छ । यसमा प्रतिपक्षी कांग्रेस भने तयार छैन । सत्तापक्ष र प्रतिपक्ष आ-आफ्नै अडानमा रहँदा संघीय संसद प्रभावित छ ।

    बिहीबारको प्रतिनिधि सभाको बैठकमा त एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल नै भएको थियो । दलहरुका बीचमा सहमति कायम नगरी फेरि बैठक राखिए समस्या हुने भन्दै शुक्रबारको बैठक आइतबारका लागि स्थगित गरिएको नेताहरु बताउँछन् ।

    शुक्रबार बिहान सत्तापक्ष र प्रतिपक्षमा रहेका दलहरु छुट्टछुट्टै छलफलमा जुटेका थिए । कांग्रेस, राप्रपा, लोसपा, जसपा नेपालको बैठक संसद भवनस्थित नयाँ बानेश्वरमा बसेको थियो । सत्तापक्षका रहेका दलहरुको बैठक सिंहदरवार बसेको थियो ।

    विपक्षी दलहरुको बैठकमा कांग्रेसले नेकपा एकीकृत समाजवादी समेतलाइ बोलाएको थियो । तर, एकीकृत समाजवादी विपक्षी दलहरुको बैठकमा सहभागी भएन । एकीकृत समाजवादी सत्तारुढ दलहरुको बैठकमा पनि उपस्थित थिएन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ