• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    गगन थापालाई गृहमन्त्री लामिछानेको चुनौती: मैले ऋण लिन निवेदन दिएको प्रमाण दिए राजनीति छाड्छु

    826
    SHARES



    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट आफूले ऋण दिएको प्रमाणित गर्न कांग्रेस महामन्त्रीलाई चुनौती दिएका छन् ।

    शुक्रबार बसेको संसद् बैठक अवरुद्ध गरेको कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्री लामिछानेले ऋण लिन निवेदन दिएको प्रमाण रहेको बताएका थिए । संसद् बैठकपछि सञ्चारकर्मीहरू कुरा गर्दै गृहमन्त्री लामिछानेले यो प्रमाणित गर्न चुनौती दिएका हुन् ।

    गृहमन्त्री लामिछानेले भने-‘गगनजीलाई चुनौती दिन चाहन्छु, मैले कुनै निवेदन दिएर ऋण मागेको प्रमाण दिनुभयो भने म राजनीति छोडिदिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्छ । यो स्वीकार गर्न तयार हो ?’ ।

    उनले आफूलाई एक पटक सदनमा बोल्न दिन माग पनि गरे । आफू तयारीका साथ आएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेले भने, ‘के जनताको प्रतिनिधिले २ महिनासम्म आरोपहरू लागिरहँदा एक पटक सदनमा उभिएर जवाफ दिने अवसर पाउँदैन  ?’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ