• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानबिन उपसमिति गठन

    569
    SHARES



    काठमाडौँ । नेपाल वायुसेवा निगमको जहाजको इन्जिन मर्मतमा ढिलाइ भएकोबारे छानबिन उपसमिति गठन भएको छ । निगमको ९ एन-एकेएक्स जहाजको इन्जिन मर्मतमा ढिलाइ भएको सम्बन्धमा छानबिन उपसमिति गठन गरिएको हो ।

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति सदस्य सुधिर शमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानबिन उपसमिति गठन गरेको हो ।

    उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एरोस्पेस इन्डष्ट्री-आईएआईमा मर्मत संभार गर्न पठाएको भएपनि समयमा बर्मत भएर नआएको भन्दै भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानबिन एवम् अध्ययन गरी पन्ध्र दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको प्रवक्ताद्वय रमेश पौडेल र देवेन्द्र पुनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अधिकारीले नेपाल वायुसेवा निगम र इजरायली कम्पनीबिच भएको सम्झौताबमोजिम कार्य गर्न र ढिलाइ भएकोमा क्षतिपूर्ति दाबी गर्न सम्बन्धित विभागलाई निर्देशन समेत दिइसकेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ