• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि

    2.3K
    SHARES



    काठमाडौं । इरानी राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा निधन भएको पुष्टि भएको छ । हिजो आइतबार इरानको पूर्वी अजरबैजानमा भएको हेलिकप्टर दुर्घटनामा परेर इरानी राष्ट्रपतिको निधन भएको पुष्टि भएको हो ।

    अलजजिराका अनुसार राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टरमा सँगै सवार अरु व्यक्तिको पनि निधन भएको हो । अजरबैजानसँगको सीमा जोडिएको देशको पूर्वी अजरबैजान प्रान्तको जोल्फामा यो घटना भएको बताइएको छ ।

    उनी अजरबैजानी राष्ट्रपति इलहम अनियेबसँग दुई देशको साझा बाँधको उद्घाटनमा पुगेका थिए । राष्ट्रपति रैसीसँगै इरानका विदेशमन्त्री हुसेन आमिरबदोल्लाहाइनको पनि निधन भएको छ । हिजोको हेलिकप्टर दुर्घटना पछि घण्टौं खोजी कार्य भएको थियो । इरानी कानूनअनुसार अब उपराष्ट्रपति मोहम्मद मोख्बर राष्ट्रपति हुनेछन् ।

    कतारी विश्व च्यानलका अलजजिराका अनुसार मोख्बरले ५० दिनमा चुनाव गराउनुपर्नेछ । इरानी कानुनले राष्ट्रपतिको मृत्यु भएका उपराष्ट्रपति कार्यवाहक राष्ट्रपति भएर सरकार चलाउने प्रावधान राखेको छ । सोही सरकारले ५० दिनमा चुनाव गराउनुपर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया