• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ‘रक क्लाइम्बिङ’ गर्ने क्रममा लडेका सूचनको उपचारका क्रममा मृत्यु

    641
    SHARES



    खोटाङ। साहसिक खेल भनेर चिनिने चट्टान आरोहण (रक क्लाइम्बिङ) गर्नेक्रममा लडेका एक युवकको मृत्यु भएको छ । रक क्लाइम्बिङ गर्नेकरामामा लडेका दिप्रुङ चुइचुम्मा गाउँपालिका-७ टेम्मा निवासी ३५ वर्षीय सूचन राईको उपचारका क्रममा मृत्यु भएको हो ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङस्थित मझुवागढी भीरमा रक क्लाइम्बिङ गर्दै गर्दा लडेर गम्भीर घाइते बनेका सूचनको उपचारको क्रममा बिहीबार साँझ मृत्यु भएको हो ।

    भीरबाट लडेपछि उपचारका लागि बेलुकी ६ः३० बजे जिल्ला अस्पताल खोटाङ पुर्‍याइएका सूचनलाई चिकित्सकले ७ः४० बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिएका हुन् । मृतक सूचनको शव परीक्षणका लागि अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ