• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    फेक अकाउन्ट बनाएर श्रीमतीको अश्लील भिडियो सार्वजनिक गर्ने श्रीमान् पक्राउ

    684
    SHARES



    काठमाडौँ । श्रीमतीको चरित्रहत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । श्रीमतीको चरित्र हत्त्या गएको आरोपमा प्रहरीको साइबर ब्युरोले मकवानपुरको बकैया गाउँपालिका-७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बालाई पक्राउ गरेको हो ।

    फुर्साङविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

    वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो फुर्साङले दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट खुलेको छ ।

    पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा फुर्साङले नै चरित्रहत्या गरेको प्रहरीको अनुसन्धान बाट थाहा भएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ