• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्रोत नखुलेको ९८ लाखसहित पक्राउ परेका २ जना सुन तस्करीमा संलग्न

    435
    SHARES



    काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान मालीगाउँबाट पक्राउ परेका २ जना यसअघि सुन तस्करीमा संलग्न भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।

    उनीहरूले स्रोत नखुलेको रकमको कारोबार गरिरहेका छन् भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा कार्यालयको टोली खटिएको थियो। मिलन र समिर बा १३ च ४८५८ नम्बरको कारमा सवार थिए। उक्त कार मिलनको नाममा थियो।

    उनीहरूलाई पक्राउ गर्न जाँदा प्रहरीले गाडीभित्र फलफूलको बाकस फेला पारेको थियो। जसलाई टेपले बेरेर बन्द गरेर राखिएको थियो। त्यस बाकसभित्र ९८ लाख रुपैयाँ फेला परेको हो। त्यसपछि प्रहरीले गाडी र नगदसहित उनीहरूलाई कार्यालयमा ल्यायो।

    प्रहरीका अनुसार उनीहरूले यो रकम हुण्डीको कारोबारका लागि प्रयोग गर्ने गर्थे। उनीहरूले हुण्डीको कारोबार गर्न ह्वाट्स एपमार्फत् कुराकानी गर्थे। मोबाइल जाँच गर्दा उनीहरूले हुण्डीसँगै सुनको अवैध कारोबार सम्बन्धी कुराकानी गरेको समेत पाएको छ। बरामद गरिएका रकममध्ये केही रकम भने विभिन्न व्यक्तिहरूको बैंक खातामा जम्मा समेत गर्न जान लागेको प्रहरीले जनाएको छ।

    उनीहरूले उक्त रकम बुटवल लैजान लागेको प्रहरीसमक्ष बताएका छन्। हुण्डीको रकम ओसारपसार गर्न उनीहरूले ‘कोड’को रूपमा पाँच रुपैयाँको नोट प्रयोग गर्ने गरेको पनि एसएसपी भट्टराईले बताए। ‘पाँच रुपैयाँको नोटलाई आधा आधा बनाएर एउटा टुक्रा पैसा लैजाने र अर्को टुक्रा अर्कोसँग हुने गरेको देखियो,’ उनले भने, ‘अब यसबारे थप अनुसन्धान हुन्छ।’

    एसएसपी भट्टराईका अनुसार पक्राउ परेका मिलन दोलखामा गत असोज १० गते बरामद भएको ११.५ किलो अवैध सुनको पैठारी र संगठित अपराध कसुरमा फरार प्रतिवादी समेत हुन्। त्यस्तै उनीमाथि सम्पत्ति शुद्धीकरणले समेत अनुसन्धान गर्न सक्ने प्रहरीको भनाइ छ।

    प्रहरीले उनीहरूबाट नगद, गाडी, मोबाइलहरू बरामद गरेको छ। उनीहरूमाथि संशोधित मुलुकी अपराध संहिता २०७४ को दफा १२५ (क) हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाउने तयारी गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ