• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काभ्रेमा तारले रुखमा बाँधेर जलाइएको अवस्थामा भेटियो एक पुरुषको शव, कुकुर सहितको प्रहरी टोली अनुसन्धानमा

    0.9K
    SHARES



    काठमाडौं । काभ्रेमा एक पुरुषको शव भेटिएको छ । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर-४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको हो ।

    फेदी र जिरोकिलोको बीचमा पर्ने स्थानमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार तारले रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको ले शवको पहिचान हुन सकेको छैन ।

    शव कुनै २५ वर्षभन्दा कम उमेरका पुरुषको जस्तो देखिएको डिएसपी श्रेष्ठको भनाइ छ । शवको प्रकृति हेर्दा घटना ५-६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ