• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गाउँपालिकाको भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड सल्यान जाँदै, पालिकाभर बिदा

    2.2K
    SHARES



    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गाउँपालिकाको भवन उदघाटन गर्न सल्यान जाँदै छन् ।

    दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट सल्यान प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड आउँदा दार्मा गाउँपालिकाले गाउँपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

    गाउँपालिका अध्यक्ष निमबहादुर केसीले गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय र विद्यालयहरुमा बिदा दिइएको जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले दार्मा गाउँपालिकाको प्रशासकीय भवन उदघाटन र पालिकाको भवन नजिक पर्ने शहीद गेटमा माल्यार्पणको कार्यक्रम छ ।

    सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार प्रधानमन्त्री प्रचण्ड आज बिहान साढे ११ बजे सल्यान ओर्लिने छन् । ‘हामीलाई जानकारी भएअनुसार प्रधानमन्त्रीेको मुख्य कार्यक्रम गाउँपालिकाको प्रशासकीय भवन उदघाटन हो,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘त्यसक्रममा जाजरकोट भूकम्पबाट प्रभावित भएका दार्मा गाउँपालिकाका बासिन्दासँग पनि भेटघाट गर्ने हुनसक्छ ।’

    गत कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा सल्यानको सबैभन्दा धेरै दार्मा गाउँपालिका प्रभावित भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ