• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    रविलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरूपयोग गरियो- कांग्रेस

    829
    SHARES



    काठमाडौं। सहकारी ठगी प्रकरणमा मुछिएका भनिएका राष्ट्रिया स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जोगाउन सत्ता र राज्यसंयन्त्रको दुरुपयोग गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेशको आरोप छ । मंगलबार कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेलाई जोगाउन राज्यसंयन्त्रको दुरुपयोग गरेको बताएका हुन् ।

    ‘सरकारका निकायले नै गरेको अनुसन्धानले ठूला सहकारीबाट कनै प्रक्रिया नपुर्‍याई रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेट्वर्कमा करोडौँ ऋण प्रवाह भएको देखिएकोछ’, उनले भने, ‘ती सहकारीका सदस्यसमेत नरहेका रविको नाममै पनि करोडौं ऋण निकालिएको छ । राज्यकै निकायको अनुसन्धानले रविविरुद्ध कयौँ प्रमाण दिए पनि उनलाई जोगाउन राज्यका संयन्त्रलाई दुरुपयोग गरिएको छ ।’

    लेखकले अहिले पनि रविबारे छानबिनका लागि संसदीय समिति बन्नुपर्ने अडानमा कांग्रेस यथावत रहेको बताए । ‘आजलाई हाम्रो कुरा भनेको संसदीय छानबिन समिति बनाउनुपर्छ’, उनले भने, ‘माननीय रविजीका लागि पनि यो राम्रो कुरा हो ।’

    उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविमाथि प्रश्न उठिसकेपछि आफूहरूले छानबिन गरौँ भन्दा सरकार तयार नहुने अवस्थाले झन् जटिलता निम्त्याएको लेखकले बताए ।ट पछि हट्दैनौँ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ