• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

मनोरञ्जन

हास्य कलाकार भारती सिंह अस्पताल भर्ना

6.3K
SHARES



मुम्बई । हास्य कलाकार भारती सिंह अस्पतालमा भर्ना भएकी छिन् । उनको पित्तथैलीमा पत्थरी देखिएको थियो जसका कारण अपरेशनको आवश्यकता परेको हो । उनी विगत तीन दिनदेखि पेट दुखेको गुनासो गर्दै आएकी थिइन् ।

भारतीले आफ्नो युट्युब च्यानलमा एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनले आफ्नो रोगबारे कुरा गरिरहेकी छिन् । यस अवधिमा उनले आफ्नो दुई वर्षको छोरालाई पनि धेरै मिस गरिरहेको बताएकी छिन् ।

भारतीले सुरुमा आफूलाई पेटमा इन्फेक्सन भएको वा फुड पोइजनिङ भएको लागेको सुनाइन् । तर, परीक्षणपछि पित्त थैलीमा पत्थरी भएको पाइयो । यो रोग यस्तो छ कि शल्यक्रिया बिना निको हुन सक्दैन । भारती हाल मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालमा भर्ना छिन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ