काठमाडौँ । सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । क्यानडा प्रहरीले सिख पृथकतावादी नेता हरदीप सिंह निज्जरको हत्याको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरेको दाबी गरेको हो ।
निज्जर हत्या प्रकरणपछि भारत र क्यानडाबिच ठुलो कूटनीतिक विवाद उत्पन्न भएको थियो । गत वर्ष जुनमा क्यानडाको भ्यानकुभर नजिकै बन्दुकधारीले ४५ वर्षीय हरदीप सिंह निज्जरको गोली हानी हत्या गरेका थिए । त्यसपछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले यो हत्यामा भारतको संलग्नता रहेको आरोप लगाएका थिए र आफूसँग यसका लागि भरपर्दो प्रमाण रहेको पनि बताएका थिए । तर, भारतले यी आरोप अस्वीकार गर्दै आएको छ ।
पक्राउ पर्नेमा २२ वर्षीय करण बरार, २२ वर्षीय कमल प्रीत सिंह र २८ वर्षीय करण प्रीत सिंह रहेको शुक्रबार प्रहरी अधिकारी मनदीप मुकरले जानकारी दिए । तीनै जना अल्बर्टाको एडमन्टनमा बस्दै आएका थिए भने प्रहरीले उनीहरुलाई एडमन्टन बाटै पक्राउ परेका हुन् ।
प्रतिक्रिया