काठमाडौँ । इजरायलको जेलमा प्यालेस्टिनी डाक्टरको मृत्यु भएको छ । करिब चार महिनासम्म इजरायलको जेलमा थुनिएका प्यालेस्टिनी डाक्टर ५० वर्षीय डा. अदनान अल-बुर्स अल शिफाको मृत्यु भाको हो ।
इजरायली जेल सेवाले अप्रिल १९ मा एक विज्ञप्ति जारी गरी राष्ट्रिय सुरक्षा कारणले हिरासतमा राखिएका एक कैदीको मृत्यु भएको पुष्टि गरेको थियो। मृत्यु हुने व्यक्ति डा. अल-बुर्स रहेको प्यालेस्टिनी बन्दि संघले जनाएको छ ।
डाक्टरको मृत्यु बारे अनुसन्धान भइरहेको भन्दै इजरायली जेल सेवाले भने थप जानकारी दिएको छैन । यता प्यालेस्टिनी बन्दी संघले एक विज्ञप्ति जारी गर्दै डा. अल-बुर्सको मृत्यु नभएर ‘हत्या’ भएको र उनको शव अझै इजरायलको हिरासतमा रहेको बताएको छ ।
गाजामा हमासविरुद्ध इजरायलले गरेको आक्रमणका कारण ३४ हजारभन्दा बढी प्यालेस्टिनीहरुले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया