• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    आजै विश्वासको मत लिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी

    1.7K
    SHARES



    काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ बहादुर साेडारीले विश्वासको मत लिने तयारी गरेका छन्। शुक्रबार अर्थात् आजै अपराह्न ५ बजे प्रदेश सभा बैठक बस्दैछ। प्रदेश सभा सचिवालयले तेस्रो अधिवेशनकाे दशाैं बैठक बस्ने भन्दै सूचना निकालेको छ।

    विश्वासको मतका लागि सत्ता गठबन्धन दलभित्र छलफल र समझदारी नबनेकोले प्रदेश सभा बैठक बस्ने सम्भावना भने कम छ। साेडारीकै पार्टी एकीकृत समाजवादी संसदीय दलका उपनेता प्रकाश रावलले मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा नेकपा (एमाले) काे निर्णय पर्खेकाे बताए।

    उनले विश्वासको मत दिने विषयमा एमालेभित्र निर्णय नभएको भन्ने सुनिएकाे बताउँदै उसैको पर्खाइमा मुख्यमन्त्री रहेकाे बताए। नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले पनि एमालेको निर्णय आइनसकेको बताए।

    सरकारलाई समर्थन गरेको अर्को दल नागरिक उन्मुक्ति पार्टीभित्र साेडारीलाई विश्वासको मत नदिन संरक्षक रेशम चाैधरी पक्ष संसदीय दलले ह्वीप जारी गरेकाे छ। अर्को तर्फ अध्यक्ष रन्जिता श्रेष्ठ पक्षबाट उन्मुक्तिकै दुई जना मन्त्री छन्।

    एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सल्लाह नै नगरी साेडारीले विश्वासको मत लिन खाेजेकाे बताए। बजेट निर्माणलगायतबारे छलफल गरेर सुधारका निम्ती सहमति जरूरी रहेको उनले बताए। केन्द्रीय गठबन्धनमा सहमति बनेपछि मात्रै विश्वासको मत दिन एमाले तयार हुने उनले बताए।

    मुख्यमन्त्री साेडारी नेतृत्वकाे सरकारमा सहभागी हुनुअघि न्यूनतम साझा कार्यक्रम तय हुनुपर्ने उनले बताए। एमालेका नवनिर्वाचित सांसदबाहेक १०, माओवादीका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४ र एकजना स्वतन्त्र सांसदकाे समर्थनमा साेडारी वैशाख ६ गते मुख्यमन्त्री बनेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ