काठमाडौं । प्रहरीको साइबर ब्युरोले अनुसन्धानको नाममा अनावश्यक यातना दिएको भन्दै ‘औषधि’ सेवन गरेको पाइएको छ ।
ब्युरोले अनावश्यक यातना दिएको भन्दै जाजरकोटका गणेशमान सिंहले ‘औषधि’ सेवन गरेका हुन् । अहिले उनको कीर्तिपुर अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्युरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् ।
फेसबुकमा सञ्चार भएको भिडियोमा उनले भनेका छन्- ‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’ सिंहले प्यारासिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया