• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मोटरसाइकल र ट्याङ्कर आपसमा ठोक्किँदा श्रीमानको मृत्यु , श्रीमती घाइते 

    1.8K
    SHARES



    काठमाडौँ । मोटरसाइकल र ट्याङ्कर आपसमा ठोक्किँदा अछामका रमेश विकको मृत्यु भएको भएको छ । रमेशकी श्रीमती लक्ष्मी घाइते भएकी छन् ।

    आज बुधबार कैलालीबाट अछाम जाँदै गरेका बिक दम्पती सवार मोटरसाइकल विपरित दिसाबाट आएको खाली ट्याङ्करसँग ठोक्किएर दुर्घटना भएको हो ।

    भीमदत्त राजमार्ग अन्तरगत डडेल्धुराबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४-००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले रमेश दम्पती सवार सुदूरपश्चिम प्रदेश ०१-०११ प ५२१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटना पश्चात बिक दम्पतीलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा लगिएको थियो । रमेशलाई अस्पतालले मृत घोषणा गरेको हो भने उनकी लक्ष्मीको माया मेट्रो अस्पतालमै उपचार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया