• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    546
    SHARES



    काठमाडौँ। आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । अपराह्न ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको हो ।

    सिंहदबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बस्ने बैठकमा नियमित काम कारबाहीबारे महत्त्वपूर्ण निर्णय गर्ने बुझिएको छ ।

    यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले बिहीबार सरकार विस्तार गर्न थालेका छन् ।

    नेकपा एमालेका चार जना, नागरिक उन्मुक्ति, जनता समाजवादी पार्टी र स्वतन्त्रबाट १-१ जनालाई समेटेर सरकार विस्तार गर्न थालिएको हो। सत्ता गठबन्धन दलमध्ये नेकपा एस मात्रै सरकारमा सहभागी छैन ।

    एमालेबाट आज भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्री मन्त्री बन्न थालेको एमाले संसदीय दलका नेता लीला गिरीले जानकारी दिए। उनीहरू सबैले आज बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिनेछन् ।

    मन्त्रालयको भागबन्डा नमिलेको हुँदा एक जनाबाहेक अन्य सबै नयाँ मन्त्रीले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिन लागेका हुन् ।

    बाँकेबाट प्रतिनिधित्व गर्ने नेकपा माओबादी केन्द्रकी कृष्णा केसीले मन्त्री बन्न अस्वीकार गरेकी छन् । भागबन्डा पुर्‍याउन मन्त्रालय फोड्दै दश वटा मन्त्रालय पुर्‍याउने कुरा आफूलाई मन नपरेको यसअघिकी सहरी विकास मन्त्री केसीले बताइन् ।

    ‘केही काम नगर्ने खाली मन्त्री मात्रै हुने मलाई मन परेन,’ उनले भनिन्, ‘आफूले काम गरी देखाउन नसक्ने अवस्थामा मन्त्री भई के बदनामी कमाउनु भन्ने लाग्यो ।’

    केसीले आफूले मागेको मन्त्रालय नपाएको हुँदा मन्त्री बन्न अस्वीकार गरेकी स्रोत बताउँछ । केसीलाई ऊर्जा तथा खानेपानी मन्त्री बन्न प्रस्ताव गरिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ