• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    इलामको चौतर्फी विकास गर्न सुहाङलाई निर्वाचित गर्नुको विकल्प छैन- ओली

    1.6K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको चौतर्फी विकास गर्न सुहाङलाई निर्वाचित गर्नुको विकल्प नरहेको बताएका छन् । बुधबार इलामको मंगलबारेमा भएको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले इलामको चौतर्फी विकास र सुवास नेम्वाङको इलाम बनाउने सपना साकार पार्न सुहाङलाई निर्वाचित गर्नुको विकल्प नभएको बताएका हुन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले इलामवासीले सुहाङलाई जिताए इलामको सिङ्गो विकासका लागि आफू र आफ्नो पार्टी नेकपा एमालेले जिम्मा लिने पनि बताए ।

    ‘इलामको चौतर्फी विकास नेकपा एमालेले गर्छ । सुहाङको जिम्मा म लिन्छु, भोट सूर्यलाई दिनुस्’, ओलीले भने, ‘सुहाङले सम्पत्ति कमाएर थुपार्ने होइन, इलामको विकास गर्ने हो ।’

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम-२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन मतदाताहरूलाई आग्रह गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ