• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोरीको मृत्यु

    3.7K
    SHARES



    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका– ४ स्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक विपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बाबुछोरीको मृत्यु भएको छ ।

    हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले निजगढ तर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई आज बिहान ठक्कर दिएको थियो ।

    ठक्करबाट मोटरसाइकल चालक गरुडा नगरपालिका– ३ मलाहिटोल बस्ने वर्ष ६० को बलिराम सहनीको दाहिने खुट्टा, ढाड र अन्डकोषमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

    सहनीको स्थानीय हाइवे ट्रमा सेन्टर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानकारी दिए ।

    त्यस्तै मोटरसाईकलको पछाडि सवार मृतक सहनीकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको दाहिने हात र ढाडमा गम्भीर चोट लागेको थियो । उर्मिला देवीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि एलएस न्युरो अस्पताल बारा तर्फ पठाएकोमा उपचारको क्रममा बिहान ९ बजे डक्टरले मृत घोषणा गरेको प्रवक्ता रायले जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ