• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    एकाबिहानै बालुवाटार पुगेका झलनाथ खनाल र रञ्जिता श्रेष्ठले प्रचण्डलाई के भने ?

    1.5K
    SHARES



    काठमाडौँ । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग छलफल गरेका छन् ।

    प्रचण्ड, खनाल र श्रेष्ठबिच एक घण्टा बढी समय भएको भेटवार्तामा सत्ता समीकरणमा देखिएको असमझदारी र सुदूरपश्चिममा कांग्रेस गठबन्धनमा एकीकृत समाजवादी सामेलबारे छलफल भएको बताइएको छ ।

    केन्द्रको सत्ता गठबन्धनमा सहभागी एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट विद्रोह गरेपछि वर्तमान सत्ता गठबन्धन धरापमा परेको छ ।

    ‘हालका सत्ता साझेदार दलबिचको सहकार्य र सुदूरपश्चिम घटनाक्रमबारे छलफल भयो’, प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तापछि नेता खनालले भने, ‘समीकरणमा जुन समस्याहरू देखा परेका छन् । समीकरणको एकतालाई समझदारीयुक्त बनाउनुपर्ने, सबैको सम्मान र समानतालाई ध्यानमा राखेर अघि बढ्नुपर्छ, सवैका हितलाई प्रतिविम्ब गर्ने गरी अघि बढ्नुपर्छ । ’

    ‘मेरो आग्रहमा प्रधानमन्त्री र नाउपा अध्यक्ष श्रेष्ठ सकारात्मक हुनुहुन्छ’, खनालले भने, ‘दिउँसो १ बजेअघि नै त्यसबारे निर्णय गर्नुस् भनेको छु ।’ अध्यक्ष माधव नेपालले प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओली सहमतिबाट पछि हटेकोले गठबन्धनबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

    सुदूरपश्चिममा बैशाख २ सम्म मुख्यमन्त्रीको दाबी पेस गर्न त्यहाँका प्रदेश प्रमुखले समय दिएका थिए । त्यसपछि नाउपाका दुई सांसदले फरक फरक समीकरणमार्फत मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

    सत्ता गठबन्धनबाट कैलाश चौधरी र कांग्रेसको समर्थनमा लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्री दाबी गरेपछि मुख्यमन्त्री चयनमा ढिलाइ भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ