काठमाडौँ । अस्ट्रेलियाको संसदभित्र आफू बलात्कारमा परेको युवतीको दाबी ३ वर्षपछि सत्य साबित भएको छ ।
अस्ट्रेलियाको संसद भवनभित्र एक कर्मचारीले आफूलाई बलात्कार गरेको ब्रिटनी हिगिन्सले बताएकी थिइन् । आरोपी ब्रुस लेहर्म्यानले यो आरोप अस्वीकार गरेका थिए । यस मामिलामा हिगिन्सले अन्तरवार्ता दिएको टिभी च्यानल नेटवर्क १० विरुद्ध लेहम्र्यानले मुद्दा हालेका थिए ।
टिभी च्यानलले यो घटना सत्य भएको भन्दै अन्तरवार्ताको बचाउ गरेको थियो । संसद् भवनभित्र बलात्कारको घटनाले सारा विश्वमा हलचल ल्याएको थियो ।
अस्ट्रेलियाका आम जनतामा एक खाले क्रोध देखिएको थियो । सोमबारको सुनवाइमा सङ्घीय अदालतका न्यायाधीश माइकल लिले हिगिन्सको पक्षमा फैसला सुनाएका छन् ।
प्रतिक्रिया