• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    पतञ्जलि आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

    788
    SHARES



    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले काभ्रेमा रहेको पतञ्जलि आयुर्वेद कलेजलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।

    उनले नेपाल संस्कृत विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘पतञ्जलि आयुर्वेद मेडिकल कलेज एन्ड रिसर्च सेन्टर, धुलिखेल, काभ्रे’ लाई कारबाही गर्न निर्देशन दिएकी हुन् ।

    शिक्षामन्त्री श्रेष्ठले विश्वविद्यालयका उपकुलपति प्राडा यादवप्रकाश लामिछानेलाई पत्र लेखेर कारबाही गर्न भनेकी हुन् ।

    चौथो क्याचमा अध्ययनरत विद्यार्थीहरूले तोकेभन्दा बढी शुल्क लिएको, विद्यार्थीलाई परीक्षामा प्रवेश रोक लगाएको, नियमित अध्यापन र प्रयोगात्मक कक्षा सञ्चालन नगरेको जस्ता आरोप लगाउँदै आन्दोलन गर्दै आएका थिए ।

    कलेजले शैक्षिक भ्रमण शुल्क लिई शैक्षिक भ्रमण नगराएको, विश्वविद्यालयले तोकेको भन्दा बढी शुल्क लिएको तथा इन्टर्नसिप गरेबापत कलेजले दिनुपर्ने रकम नदिएको गुनासो मन्त्रालयसम्म पुगेको थियो ।

    विषयगत विशेषज्ञ शिक्षक नभएको कारण पठनपाठन ठप्प भएको समेत भनेर विद्यार्थीहरूले शिक्षा मन्त्रालयमा उजुरी गरेका थिए । यी विषयहरूमा विश्वविद्यालयका जिम्मेवार अधिकारीसमक्ष जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको भन्दै विद्यार्थीहरू बारम्बार शिक्षा मन्त्रालयमा गुनासो गर्न आउने गरेका थिए ।

    मन्त्री श्रेष्ठले १५ दिनभित्रमा छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न भनेकी हुन् । दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न तथा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीहरूलाई पढ्न र परीक्षा दिन पाउने सुनिश्चितता गरी ३ दिन भित्र मन्त्रालयलाई जानकारी गराउन समेत मन्त्रीले निर्देशन दिएकी हुन् ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ