पोखरा । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित गएराति रङ्गेहात पक्राउ गरेको हो ।
पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरेका छन् ।
पोखर वडा नम्बर १० का सेवाग्राहीलाई घर निर्माणको प्रमाण पत्र दिने क्रममा घुस लिएको र उनि अहिले प्रहरीको नियन्त्रणमा रहेको तामाङले बताए ।
प्रतिक्रिया