• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स

    2.5K
    SHARES



    काठमाडौँ । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको डिभोर्स भएको छ ।

    पछिल्लो समय सम्बन्धमा दरार आएपछि उनीहरूले सहमतिमै सम्बन्धलाई टुंग्याएको बताइएको छ ।

    चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो ।

    अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र मरिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’

    २०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरूले कानुनी विवाहमा परिणत गरेपनि सम्बन्ध भने लामो समय टिक्न सकेन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ