• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    हङकङका बाँदरमा पहिलो पटक मानिसमा सर्ने दुर्लभ भाइरस फेला

    1.5K
    SHARES



    काठमाडौँ। हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ ।

    हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो । सो केन्द्रले जंगली बाँदरलाई समात्ने जोखिम न्यूनीकरणका लागि छुन वा खुवाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

    फेब्रुअरीको अन्त्यमा हङकङको काम शान कन्ट्री पार्क, जसलाई स्थानीय रूपमा मन्की हिल पनि भनिन्छ । एक ३७ वर्षीय व्यक्तिलाई बाँदरले आक्रमण गरी घाइते बनाएको रिपोर्ट गरिएको थियो । उनको चोटको सटीक प्रकृतिका बारेमा केही अझै खुलाइएको छैन, यद्दपी केही हप्ता पछि उनी बिरामी भएका थिए ।

    त्यस पछि हङकङ सरकारको वेबसाइटमा प्रकाशित एक विज्ञप्तिअनुसार विगतमा राम्रो स्वास्थ्य भएको ती व्यक्तिलाई मार्च २१ मा ज्वरो आएको थियो तर सो ज्वरो कम नभएपछि स्थानिय यान चाइ अस्पतालको आपतकालीन विभागमा भर्ना गरिएको थियो । लगत्तै हङकङ अस्पतालले सचेतनासमेत जारी गरेको थियो ।

    त्यसपछि गत बुधबार उनको सेरेब्रोस्पाइनल फ्लुइड नमूना स्वास्थ्य सुरक्षा केन्द्रको प्रयोगशालामा लगियो, जहाँ उनी बी भाइरस संक्रमित भएको परीक्षण पछि खुलेको थियो । समाचारअनुसार संक्रमित ती व्यक्तिको अवस्था अहिले गम्भीर छ र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ