• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सचिवालयअघि एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

    1K
    SHARES



    काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक बस्दै छ ।

    आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा साढे १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी गराएका छन् ।

    उनका अनुसार बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको व्यवस्थापनबारे छलफल र केन्द्रीय सचिवालय बैठकको मिति तय गर्नेछ । केन्द्रीय कार्यालय बैठक महासचिवको नेतृत्वमा बस्छ । जसमा उपमहासचिव र सचिवहरू सहभागी हुनेछन् ।

    एमालेले वैशाख ८ र ९ गते परिषद् बैठक आह्वान गरेको छ । गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बोलाइएको छ परिषद बैठकमा २ हजार १ सय ५३ जना प्रतिनिधि सहभागी हुनेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ