• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गर्दै देउवा

    1.4K
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल गरिरहेको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेबाट उम्मेदवारका आकांक्षीसँग सामूहिक छलफल थालेको हो ।

    आगामी वैशाख १५ मा इलाम २ र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउन कांग्रेसलाई सकस परेको छ । कांग्रेस सहमहामन्त्री बद्री पाण्डेका अनुसार छलफलमा पार्टीका शीर्ष नेताका साथै उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरू सहभागी छन् ।

    इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

    यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । उम्मेदवार टुंग्याउन देउवा र कोइराला एक मत नहुँदा चार दिनदेखि कांग्रेस आन्तरिक छलफलमै केन्द्रित छ ।

    एमाले, रास्वपा, राप्रपा, एकीकृत समाजवादी जनमत लगायतका दलहरुले उम्मेदवारी टुंग्याएर प्रचार थालेपनि कांग्रेस नेताहरु आन्तरिक लफडामा फसेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया