• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न विद्यालयहरूलाई केन्द्रको आग्रह

    1K
    SHARES

    काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले स्वीकृत भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

    शुक्रबार सबै स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालयहरूका नाममा सूचना जारी गर्दै केन्द्रले स्वीकृतप्राप्त पाठ्यपुस्तक तथा सिकाइ सामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

    शिक्षा नियमावलीमा विद्यालयहरूले प्रयोग गर्ने थप पाठ्यसामग्री तथा पाठ्यपुस्तक पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको हुनुपर्ने प्रावधान छ ।

    साथै पाठ्यक्रम तथा पाठ्यसामग्री विकास तथा वितरण निर्देशिका बमोजिम गठित पाठ्यसामग्री व्यवस्थापन तथा मूल्याङ्कन समितिको सिफारिशका आधारमा विद्यालय तहका पाठ्यसामग्री सूचीकरण गर्ने व्यवस्था रहेको छ ।

    सोही व्यवस्था अनुरूप पाठ्यक्रम विकास केन्द्रले प्रत्येक वर्ष पाठ्यपुस्तक तथा सिकाइ सामग्री स्वीकृत गरी सूचीकरण गर्दै आएको छ । केन्द्रले यसरी सूचीमा रहेका पूर्व प्राथमिकदेखि कक्षा १२ सम्मका पाठ्यसामग्री मात्र प्रयोग गर्न आग्रह गरेको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ