• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

    461
    SHARES



    काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरूद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख (अधिकृत छैटौं) महेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव-इन्जिनियर संजय कुमार मंडलविरूद्ध गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    अख्तियारले गाउँपालिकाकी उपाध्यक्ष महजबी खातुनले स्थलगत अनुगमन गरी लागत अनुमान बमोजिमको कार्य सम्पन्न भइसकेको भनी गलत प्रतिवेदन दिएको र सोही प्रतिवेदनसमेतको आधारमा भुक्तानी भएको भन्‍दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवानाको सजाय मागदावी गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया