• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    विपन्न महिलाको मिटरब्याज ऋण मिनाहा गर्छौं- मन्त्री चौधरी

    513
    SHARES

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विपन्न महिलाहरुको मिटर ब्याजलगायतका ऋणहरु मिनाहा गर्ने कार्यक्रम ल्याउने बताएकी छन् ।

    शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा उनले वडास्तरबाट विपन्न महिलाहरुको पहिचान गरी उनीहरुको मिटरब्याजलगायतका ऋण मिनाहा हुनेगरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउन लागेको बताएकी हुन् ।

    ‘अति विपन्न महिलाहरुको लागि चाहिँ वडास्तरबाटै मिटरब्याज लगायतका कुराहरु आउँछन् । ती ऋणहरु मिनाहा गरिदिने कुराहरु आउँछन् ।

    राज्यले नै त्यस्ता कुराहरु गर्‍यो भने महिलाहरु अगाडि बढ्न सक्छन् भनेर मन्त्रालयबाट त्यो कार्यक्रम ल्याउँदैछौं भन्ने कुरा जानकारी गराउन चाहन्छु’, मन्त्री चौधरीले भनिन् ।

    उनले महिला मन्त्रालयमा बजेटको अभावका कारण सोचेअनुसार काम गर्नसक्ने स्थिति नभएको पनि बताइन् ।

    मन्त्री चौधरीले जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगेटको महिला मन्त्रालयको लागि बजेट बढाउन प्रधानमन्त्री पनि सकारात्मक रहेको धारणा राखिन् ।

    मन्त्री चौधरीले महिलाहरुको सशक्तिकरणका लागि बजेट बढाउनका लागि सम्बन्धित मन्त्रालयहरुबीच छलफल भइरहेको पनि बताइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ