• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दोहा उडेको नेवानिको जहाजमा प्राविधिक समस्या देखिएपछि…

    0.9K
    SHARES

    काठमाडौं । बिहीबार राति काठमाडौंबाट दोहा उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौंनै फर्किएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वाइडबडी ए-३३० को हाइड्रोलिकमा समस्या देखिएपछि जहाज काठमाडौं फिर्ता ल्याइएको हो ।

    ‘नाइनएन–एएलवाई जहाज काठमाडौंमा नर्मल अवतरण गरेको छ, जहाज ७० नटिकल माइल उडेपछि काठमाडौं आएको रेकर्ड छ,’ उनले भने । जहाज रातको करिब ३ बजे काठमाडौंमा अवतरण गरेको थियो ।

    निगमको काठमाडौं रात्री बिसान गरेको अर्को जहाज नाइनएन-एएलजेडले सो जहाजका यात्रु लिएर उडेको प्रवक्ता झाले जानकारी दिए ।

    नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाइड्रोलिकमा समस्या आएको जहाज बनिसकेको छ । यसलाई आजै दिल्ली उडानमा पठाउने तयारी छ । ‘अर्को जहाज तयारी अवस्थामा रहेको र जहाज तत्काल बनिसकेकाले कुनै पनि अन्तर्राष्ट्रिय सेड्युल भने फेर्नु परेन,’ उनले भने ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ