• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    चेकिङका लागि रोकिएको बसमा माइक्रोबसले ठक्कर दिएपछि…

    1.6K
    SHARES

    चितवन ।  नारायणगढ-मुग्लिन सडकको भरतपुर महानगरपालिका-१ रामनगरमा आज बिहीबार बिहान माइक्रोबस दुर्घटना हुँदा आठजना यात्रु घाइते भएका छन् ।

    घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको छ । एकजनाको अवस्था मध्यम र बाँकी तीनजना सामान्य रहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्रीराम भण्डारीले बताएका छन् ।

    रामनगरमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अगाडि सुरक्षा जाँच भइरहँदा बिहान ५ बजे उक्त दुर्घटना भएको डीएसपी भण्डारीले जानकारी दिए ।

    झापाबाट काठमाडौं आउंदै गरेको वाग्मती प्रदेश ०१-००६ ख ४८८८ नम्बरको यात्रु बस जाँच गर्न प्रहरीले रोकेको बेला ग २ ख २ सय २५ नम्बरको माइक्रोले बसलाई पछाडि ठक्कर दिएको थियो ।

    बसलाई ठक्कर दिएपछि माइक्रो झनै अनियन्त्रित भइ कमला न्यौपानेको घरमा सञ्चालित ग्यारेजमा गएर ठोक्किएको थियो । घाइतेहरू माईक्रो बसका यात्रु हुन् ।

    घाइतेको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले माइक्रोबस चालकलाई नियन्त्रणमा लिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ