• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Banner News समाचार

    होली उत्सवमा बालेन साहको र्‍याप

    1.3K
    SHARES



    काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन साहले दरबारमार्गमा आयोजित होली उत्सवमा र्‍याप गाएका छन् ।

    फागु पूर्णिमाको अवसर पारेर दरबारमार्गमा आइतबार आयोजित कार्यक्रममा मेयर साहले र्‍याप गाएका हुन् ।

    महानगरपालिका-१ र स्थानीय क्लबहरूको आयोजनामा सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनले छोटो र्‍याप गाएका हुन् ।

    ‘आफ्नै कार्यक्रम सफल बनाउन होलीको सेलिब्रेसन गर्नुभएको हो । दरबार मार्गमा बालेन सहित अन्य कलाकार पनि कन्सर्टमा सहभागी छन्,’ बालेनको एक सचिवालय सदस्यले भने ।

    छोटो र्‍याप हानेपछि उनले भीडमा सहभागीलाई सोधे, ‘यहाँ कति बजेसम्म बस्नुहुन्छ तपाईंहरू ? रातभरि बस्नुस्, काठमाडौंमा रातभरि होली मनाउन पाइन्छ ।’

    यस्तै, सरकारी क्यालेन्डर अनुसार फागु पर्व अर्थात् होली यस वर्ष पहाडमा आइतबार र तराई–मधेसमा सोमबार मनाइन्छ । सरकारले त्यही अनुसार पहाडी क्षेत्रमा आइतबार र मधेसमा सोमबार बिदा दिएको छ ।

    केही वर्षदेखि मधेसमा आफ्नो सुविधा अनुसार पर्व मनाइरहेका छन् । यसपाली मधेसमा सोमबार, मंगलबार, बुधबार पनि होली मनाइने भएको छ । त्यसैले कतिपय पालिकाले होलीका अवसरमा भन्दै एक सातासम्म विद्यालयमा बिदा दिएका छन् ।

    संस्कृतिविद् रोशन जनकपुरी भन्छन्, ‘मधेसमा केही वर्ष यता मानिसहरूले आफ्नो सुविधा अनुसार होली मनाउन थालेका छन् । संस्कृति, परम्पराप्रतिको चेतनाको कमीले यस्तो भएको हो ।’

    उनका अनुसार कसैले आफ्नो व्यापार अनुसार होली मनाउने गरेका छन्, कसैलाई माछामासु खानु छ भने त्यो अनुसार होली मनाउँछन् भने कसैले परम्परा अनुसार मनाउँछन् ।

    संस्कृतिविद् जनकपुरीले भने, ‘पहाडमा पूर्णिमाको दिन होली मनाउँछन् भने त्यसको भोलिपल्ट मधेसमा होली मनाउने चलन छ तर पछिल्लो समय त्यो सेड्युल भत्किएको छ ।’

    मधेसमा धेरै ठाउँमा सोमबार होली मनाइँदै छ भने जनकपुर र त्यस आसपास मंगलबार र बुधबार पनि होली मनाउने देखिएको छ । सोमबार र मंगलबार माछामासु नखाने व्यक्तिहरूले बुधबार होली मनाउने योजना बनाएका छन् ।

    यद्यपि यसपटक मधेसका अधिकांशले मंगलबार नै होली मनाउने जनकपुरीले बताए । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले पनि जनकपुरमा मंगलबार नै होली मनाउने बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ