• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

बेलायतकी राजकुमारी केटलाई क्यान्सर

3K
SHARES



काठमाडौँ। बेलायतकी राजकुमारी केटलाई क्यान्सर भएको सार्वजनिक भएको छ ।

गत जनवरीमा पेटको समस्या देखिएको भन्दै अस्पताल भर्ना भएकी केटले आफूलाई क्यान्सर भएको सार्वजनिक गरेकी हुन् ।

अस्पताल भर्ना भएको ३ महिनापछि शुक्रबार उनले एक भिडिओ सन्देशमार्फत आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराएकी थिइन् । जसमा उनले आफूलाई क्यान्सर भएको र केमोथेरापीबाट उपचार चलिरहेको बताएकी छन् ।

‘म ठीक छु । चाँडै स्वस्थ हुनका लागि आवश्यक पर्ने कुराहरूमा ध्यान दिइरहेकी छु,’ उनले भिडिओ सन्देशमा भनेकी छन् ।

४२ वर्षीया केट क्रिसमसदेखि कुनैपनि सार्वजनिक कार्यक्रमहरूमा देखिएकी थिइनन् ।

केन्सिङ्टन प्यालेसले केटलाई क्यान्सर नभएको र सामान्य शल्यक्रिया गरिएको बताउँदै अप्रिलसम्म कुनैपनि सार्वजनिका कार्यक्रमहरूबाट टाढा राख्ने जानकारी दिएको थियो ।

शुक्रबार सार्वजनिक भएको भिडिओमा केट आफ्ना श्रीमान प्रिन्स विलियमसँग एक फार्महाउस नजिकै हिँडिरहेको दृश्य थियो ।

त्यसअघि उनका पिता राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको थियो । त्यसपछि संवैधानिक कामकारबाही नरोक्ने गरी उनले आफ्नो सार्वजनिक कामलाई स्थगित गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ