• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    किसानलाई दिने अनुदान पारदर्शी बनाउन कृषि समितिको निर्देशन

    1.1K
    SHARES



    काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी र प्राकृतिक स्रोत समितिले प्रधानमन्त्री आधुनिक कृषि परियोजनाको काम कारबाही पारदर्शी बनाउन निर्देशन दिएको छ ।

    बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले अनुदानमा आधारित कृषि कार्यक्रम पारदर्शी बनाउन र सबैले सहज अवसर पाउन व्यवस्था गर्न निर्देशन दिएको छ ।

    सरकारको सहयोगमा काम भएका केही परियोजनाहरु समितिका सांसद्हरुलाई अवलोकन गराउन पनि समितिले निर्देशन दिएको छ । समितिका उपसचिव शिवदत्त बरालका अनुसार मन्त्रालयले समितिका सदस्यलाई ३ दिन कृषि परियोजना अवलोकन गराउने भएको छ ।

    सो छलफलमा सहभागी कृषि तथा पशुपंक्षी मन्त्री ज्वाला साहले कार्यक्रमहरुको अनुपातमा कृषि मन्त्रालयसँग बजेट अभाव रहेको बताएकी थिइन् ।

    उनले स्रोत साधन र जनशक्ति कम रहेकोले प्रभावकारी काम गर्न समस्या रहेको उल्लेख गरेकी थिइन् । समितिले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवम् अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुबारे कृषि तथा पशुपंक्षी विकास मन्त्री, सचिव एवं परियोजना प्रमुखलाई बोलाएर छलफल गरेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया