• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    भयानक दुर्घटनापछि भेन्टिलेटरमा अभिनेत्री नायर

    1.5K
    SHARES

    काठमाडौँ । तमिल-मलयालम फिल्म उद्योगकी शीर्ष अभिनेत्रीमध्ये एक अरुन्धती नायर यतिबेला भेन्टिलेटरमा छिन् । सडक दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेपछि २८ वर्षीया अभिनेत्री भेन्टिलेटरमा पुगेकी हुन् ।

    अभिनेत्रीकी बहिनी आरती नायरले दुर्घटनाको पुष्टि गरेकी छन् । फ्यानहरूलाई अभिनेत्रीका लागि प्रार्थना गरिदिन उनले आग्रह गरेकी छिन् । केरलाको कोवलम बाइपासमा उनको दुर्घटना भएको थियो । उनी भाइसँग मोटरसाइकलमा जाँदै थिइन् ।

    ‘तमिलनाडुका अखबार र टिभी च्यानलहरूमा आएका समाचारहरू हेरेपछि हामीले स्पष्टीकरण गर्नुपर्ने आवश्यकता ठान्यौँ । मेरी दिदी अरुन्धती नायरको ३ दिन अगाडि सडक दुर्घटना भएको कुरा सत्य हो ।

    उनी गम्भीर घाइते भएकी छिन् र तिरुवनन्तपुरमको अनन्तपुरी अस्पतालमा भेन्टिलेटरमा जीवनको लागि सङ्घर्ष गर्दै छिन् ।’ आरतीले इन्ष्टाग्राम पोष्टमा भनेकी छिन् । इन्डिया टुडेका अनुसार अरुन्धती एउटा युट्युब च्यानललाई अन्तर्वार्ता दिएर घर जाने क्रममा दुघर्टनामा परेकी हुन् ।

    अरुन्धतीले सन् २०१४ मा तमिल फिल्म ‘पोंगी एजु मनोहरा’बाट डेब्यु गरेकी थिइन् । विजय एन्टोनीसँग तमिल फिल्म ‘सैथन’मा काम गरेर लोकप्रियता कमाएकी थिइन् । सन् २०१८ मा उनले ‘ओट्टाकोरु कामुकन’बाट मलयालम फिल्म उद्योगमा डेब्यू गरिन् ।

    गत वर्ष उनको फिल्म ‘आयराम पोरकासुकल’ रिलिज भएको थियो । यो फिल्ममा उनी विदार्थको अपोजिटमा देखिएकी थिइन् । अरुन्धतीले विजय सेतुपतिलगायत साउथका अन्य कयौँ ठुला स्टारसँग काम गरेकी छिन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ