• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभा बैठक पौने १२ बजेसम्म पनि सुरु भएन 

    465
    SHARES

    काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुन ढिलाइ भएको छ । बिहान ११ बजे बोलाइएको बैठक पौने १२ बजेसम्म सुरु हुन सकेको छैन ।

    मंगलबार प्रतिनिधि सभामा सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा बोल्ने कार्यक्रम छ ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा अनुन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । यी लगायतका विषयमा प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

    मंगलबार नै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि-बजेट छलफल जारी रहने पनि कार्यसूची छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ