• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    काठमाडौँबाट पक्राउ परेका दीपेश पुनलाई भैरहवा लगियो

    22.4K
    SHARES

    काठमाडौँ । काठमाडौँबाट पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्द किशोर पुन पासाङका छोरा दीपेश पुनलाई भैरहवा लगिएको छ ।

    रुपन्देहीमा सहकारी ठगीसम्बन्धी मुद्दामा उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएकाले प्रहरीले उनलाई शुक्रबार साँझ जहाजमार्फत भैरहवा पठाएको हो ।

    उनी शुक्रबारै राजधानीको टोखाबाट पक्राउ परेका थिए । रुपन्देहीका एसपी रञ्जितसिंह राठौरले उनीविरुद्ध मुद्दा भएकाले काठमाडौँबाट झिकाइएको जनकारी दिए ।

    उनीविरुद्ध सुन तस्करीमा संलग्न भएको आरोप पनि छ । सोही आरोपमा प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई पक्राउ परेको थियो । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदैगर्दा सहकारी ठगीमा पनि यसअघि नै वारेन्ट जारी भएकाले पहिला भैरहवा पठाइएको बताइएको छ।

    रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न भएको आरोप पुनविरुद्ध छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ