• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा

    3.2K
    SHARES



    काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो।

    लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए।

    त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने गृहमन्त्री नहुनुपर्ने र प्रश्नै प्रश्नले घेरिएका उनलाई प्रधानमन्त्रीले गृहमन्त्री पनि नबनाउनुपर्ने बताए।

    ‘३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता छन्। सहकारी सञ्चालकको सम्पत्तिबाट बचत फिर्ता दिनुपर्ने उनीहरूको माग छ,’ उनले भने, ‘ पीडितहरूले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई सरकारले कसरी थेग्न सक्छ। गृहमन्त्रीलाई म आग्रह गर्न चाहन्छु- उच्च नैतिकताको आधारमा राजनीमा दिएर उदाहरण प्रस्तुत गर्नुस्।’

    पौडेलले अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ भनी प्रश्न पनि गरे।

    ‘प्रधानमन्त्री ज्यूले पटकपटक सुशासनको चिन्ताले गठबन्धन तोडेको भन्नुभो। जसको अनुसन्धान जुन मन्त्रालयले गर्नुपर्ने हो त्यही मन्त्रालयको तालाचाबी अनुसन्धान गर्नुपर्ने मान्छेलाई दिएर सुशासन प्राप्त हुन्छ?,’ उनले अगाडि भने।

    पौडेलेले प्रश्नको घेराभित्र रहेका कुनैपनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर स्थापित गर्न आग्रह पनि गरे।

    ‘सुन प्रकरणले धेरैलाई प्रश्न गरेको छ। प्रधानमन्त्रीज्यू प्रश्नै प्रश्नले घेरिएको मान्छेका बीचमा बसेर सुशासन लागु हुन्छ? कि सुशासन भनेको भन्ने कुरा हो?,’ उनले भने।

    सबै प्रकरणमा छानबिन हुने ग्यारेन्टी र प्रधानमन्त्रीबाट त्यसअनुसारको प्रतिबद्धता नआएसम्म कांग्रेसले प्रश्न उठाइरहने पौडेलले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ