• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ‘प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्छ’

    1.7K
    SHARES



    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीमा जानुपर्ने बताएका छन् ।

    बुधवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै राउतले विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पिन आवश्यक रहेको बताएका हुन् ।

    उनले जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन नसकेको जिकिर गरे । उनले भने, ‘जनताले हामीलाई दिएको विश्वासको मतलाई हामीले बचाउन सकेनौँ । कहिले यता, कहिले उता हाल्नुपरेको छ । विश्वासको मत प्रत्यक्ष रूपमा जनताको हातमा सुम्पौँ । र जनताले नै प्रत्यक्ष रूपमा निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ । अहिले बनेको गठबन्धनमा सैद्धान्तिक धरातल नै छ भनेर भन्न सकिँदैन । किनभने एउटा दलले भनेर जानुभयो, उहाँ नवउदारवादमा विश्वास गर्नुहुन्छ । जनताले यसबाट के पायो ।’

    अध्यक्ष राउतले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै मधेसीहरूलाई राज्यले हत्या गर्दा नबोलेकोप्रति आपत्ति जनाए । उनले जनता समाजवादी पार्टी, नेपालप्रति लक्षित गर्दै गौर नरसंहारमा बीभत्स हत्या गर्ने व्यक्तिहरूसँगै अहिले गठबन्धनमा बसेको रास्वपाले उनीहरूलाई कारबाही गर्ने ल्याकत रास्वपाले राख्नुपर्ने जिकिर गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ