• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    अध्यक्षलाई तथानाम गाली गरेको भन्दै जनप्रगतिशील मोर्चा कुवेतले सुनारलाई दियो चेतावनी

    3.7K
    SHARES

    काठमाडौँ । नेपाली जनप्रगतिशील मोर्चा कुवेतले आफ्ना अध्यक्ष विकल्पलाई अमित गौतम बिक नाम राखी फेसबुक आइडी बनाएर अमित सुनारले फेसबुक म्यासेन्जरमा अनावश्यक मानमर्दन हुने गरी तथानाम गाली गरेको भन्दै आपत्ति जनाएको छ।

    मोर्चाका महासचिव सुरेश कालिकोटेले एक बिज्ञप्ति जारी गर्दै यस्तो नगर्न चेतावनी दिएका छन् । अमित सुनारले १ मार्च २०२४ मा सम्पन्न भएको नमूना विश्वकर्मा समाजको बार्षिक उत्सव र कार्यसमिति हेरफेर कार्यक्रमको विषयलाई लिएर विकल्पलाई फेसबुक म्यासेन्जरमा तथानाम गाली गरेको कालेकोटेले जारी गरेको बिज्ञप्तिमा जनाइएको छ ।

    सुनारले ३ मार्च २०२४ का दिन विकल्पसँग फेसबुक म्यासेन्जरमा अनावश्यक मानमर्दन हुने गरी मेसेज गरेको र सो म्यासेजबारे मोर्चाले उनिसँग ४ मार्चमा पत्र लेखेर तीन दिनको समय सिमा दिएर ७ बुँदे स्पष्टीकरण सोधेको तर सुनारले समय सीमाभित्र जवाफ समेत नदिएकाले ध्यानाकर्षण गराएको जनाएको छ ।

    साथै नेपाली जनप्रगतिशील मोर्चा कुवेतले राजनीतिक र सामाजिक बिषयमा प्रयाप्त ज्ञान नराखी आफ्ना अध्यक्षलाई तथानाम भन्ने र आपत्तिजनक सब्द प्रयोग गरी मानमर्दन गरेको भन्दै मानसिक सन्तुलन गुमाएजस्तो निच कुतर्क नगर्न समेत चेतावनी दिएको छ ।

    त्यस्तै मोर्चाले विकल्प र अमित सुनारबीच म्यासेन्जरमा भएको म्यासेजको स्क्रिनशर्ट सुरक्षित रहेको बताइउदै यस्तै खाले अराजक गतिविधि जारी रहेमा नेपाली जन प्रगतिशील मोर्चा कुवेत जस्तोसुकै कदम चाल्न पनि पछि नपर्ने चेतावनी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ