• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आगलागी देशकै ठुलो प्लाई उद्योगमा आगलागी

    6.5K
    SHARES



    विराटनगर । झापाको मेचीनगर १५ ज्यामिरगढीमा रहेको देशकै ठुलो भनेर दाबी गरिने एक प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकिरहेको छैन । झापाको मेचीनगर–१५ ज्यामिरगढीमा रहेको भगवती लेमिनेट्स प्लाइउड कारखानामा आज बिहान ५ बजेदेखि आगलागी भएको हो ।

    आगलागी नियन्त्रणका लागि ८ वटा दमकल प्रयोग गरिएको छ । यद्यपि अझै नियन्त्रणमा लिन नसकिएको झापा प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । उनका अनुसार उद्योगको कच्चा पदार्थमा बढी क्षति पुगेको छ । तयारी माल भने जोगिएको उनले बताए ।

    ‘आगो अझै नियन्त्रणमा आउन सकेको छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयले आगो निभाउने प्रयास भइरहेको छ,’ उनले भने ।

    आगलागीको कारण अनुसन्धान भइरहेको र आगलागीबाट कति क्षति भयो भन्ने विषय अहिले नै यकिन नभएको उनले बताए । उद्योगमा नेपाली र भारतीयसहित हजारभन्दा बढी श्रमिक कार्यरत छन् भने करोडौँ रुपैयाँ लगानी भएको उद्योगीको भनाई छ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया